लगानी जुटाउन वैकल्पिक वित्त कोष स्थापना गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक वित्त कोषको स्थापना गर्ने घोषणा गरेका छन् ।
वैकल्पिक विकास वित्त परिचालनको विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने राष्ट्रपतिले बताए । साे विधेयक संसदमा दर्ता भइसकेको छ ।