अमेरिकी डलरको भाउ घट्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख १६ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ७६ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा र खरिददर १३६ रुपैयाँ ४३ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा खरिददर १८१ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४६ पैसा र खरिददर ९ रुपैयाँ ५० पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।