नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !

काठमाडौ । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
मन्त्री भण्डारीले नेपाल मैदा उद्योग संघ र भारतको Agriwatch कम्पनी बिच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भु -उपग्रह को प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यस्तो सम्झौता भएको नेपाल मैदा उद्योग संघ अध्यक्ष कुमुद दुगडले बताए ।
वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्ने जनाएको छ ।
महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुने मैदा संघले जनाएको छ ।
यस सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु
– कृषि बजार सूचना र विश्लेषणः
नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ। यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ।
– कृषि वस्तु अनुसन्धान र परामर्श :
कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्।
– कृषि निवेश अध्ययन र सल्लाह
बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ।
– डिजिटल कृषि समाधानहरू
डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ।
जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।
–कृषि समाचार र जानकारी
एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।
साथै यस कार्यक्रमको अर्को प्रमुख उपलब्धि भनेको भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (National Cooperative Expert Limited –NCEL) का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रहेको थियो ।
भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगाएत कृषि संग सम्बन्धित विषयमा NCEL लाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुंदा भारतको औद्योगिक बस्तु निर्यातमा NCEL को ठुलो हात रहेको छ ।
भारतले नेपाललाई दिएको २ लाख टन गहुँ लगायत विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा NCEL मार्फत नै आर्यात गरिएको थियो ।
NCEL र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको विषेश अनुरोधमा नेपाला आमन्त्रण गरिएको हो ।