अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख ९ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ९१ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको थियो ।
बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा खरिददर १८१ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६९ पैसा र खरिददर ९ रुपैयाँ ६५ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।