स्मार्टच्वाइस टेक्नोलोजिज PCI-DSS v.4.0.1 प्रमाणित

काठमाडौँ। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले पेमेन्ट कार्ड इन्डस्ट्री–डाटा सेक्युरिटी स्ट्यान्डर्ड्स (PCI-DSS) v.4.0.1 प्रमाणिकरण प्राप्त गरेको छ।
यो प्रमाणीकरण भुक्तानी कार्ड डाटा सुरक्षा सुनिश्चित गर्न तयार गरिएको अन्तर्राष्ट्रिय सुरक्षात्मक मापदण्ड हो। यस प्रमाणीकरणले SCT को प्रणाली, नेटवर्क र डाटा संरचनामा उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्ने प्रमाणित गर्दछ। यस मापदण्डअनुसार डाटा चोरी, अनधिकृत पहुँच र साइबर आक्रमणबाट बच्नका लागि १२ सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, एससीटीले यो प्रमाणीकरण प्राप्त गरेको हो, जसले डिजिटल भुक्तानी सेवा पारदर्शिता र सुरक्षा बढाउनेमा योगदान पुर्याउँछ।