टीसीएलको ‘न्यू इयर, न्यू भिजन’ अभियान सुरु

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले ‘न्यू इयर, न्यू भिजन’ अभियानसहित नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरू लाभान्वित हुने अफर सार्वजनिक गरेको छ । टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ ।
कम्पनीले ल्याएको उक्त अफरअन्तर्गत ठूलो बचतमा २,००,०८२ रुपैयाँ सम्मको क्यासब्याक, निश्चित उपहारमा ९८”/८५”/७५” एलईडी टीभीमा साउन्ड बार, वासिङ मेसिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट पाउडर पाउने बताइएको छ ।
त्यस्तै, फ्रिजमा मिक्सर ग्राइन्डर, वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट, निःशुल्क एक्सचेन्जअन्तर्गत पुरानो साटेर नयाँ टीसीएल मोडेल लिन पाइनेछ । त्यस्तै, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा आफूले चाहेकव मोडेलको टीभी तथा फ्रिजलगायतका सामान लिन पनि पाइनेछ ।
यो योजना यही २६ चैतदेखि नेपालभरि लागू गरिएको कम्पनीले जनाएको छ । ‘न्यू इयर, न्यू भिजन’ अभियानमार्फत नयाँ वर्षलाई विशेष र स्मरणीय बनाउनु सीजीले सुझाएको छ ।