गेमरहरूको मागमा ‘इनफिनिक्स ‘GT 20 Pro’ पुनः नेपालमा

काठमाडौँ । मोबाइल गेमिङमा अत्याधुनिक प्रविधि चाहने नेपाली युवामाझ लोकप्रिय बनेको इनफिनिक्सको GT 20 Pro पुनः नेपाली बजारमा ल्याइएको छ। शक्तिशाली चिपसेट, उत्कृष्ट ग्राफिक्स, र स्टाइलिस डिजाइनले सजिएको यो स्मार्टफोन ११ अप्रिल २०२५ बाट नेपालभर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
इनफिनिक्सका अनुसार, अघिल्लो संस्करणले देशभरि प्रयोगकर्ताबाट अत्यधिक माया पाएको थियो। त्यही उत्साह र मागका कारण ‘GT 20 Pro’ नयाँ डिजाइन र प्रविधिसहित पुनः सार्वजनिक गरिएको हो। यो फोन विशेषतः ती गेमरहरूका लागि लक्षित गरिएको छ, जसले गेमिङमा कुनै सम्झौता गर्दैनन्।
GT 20 Pro मा डेडिकेटेड गेमिङ डिस्प्ले चिप प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई अल्ट्रा–स्मूद ग्राफिक्स र रियल टाइम टच अनुभव दिन्छ। साथै, यो फोनको ‘FHD+ AMOLED’ डिस्प्ले अत्यधिक टच रेस्पोन्ससहितको भएकाले प्रो गेमर स्तरको खेल अनुभव प्रदान गर्छ।
फोनको साइबर मेचा डिजाइनले लुक्स र परफमेन्समा सन्तुलन ल्याएको छ। विशेषतः युवाहरूलाई लक्षित गर्दै ल्याइएको यस फोनमा स्टाइल, गेमिङ क्षमता र नवप्रवर्तनको मिश्रण देखिन्छ।
इनफिनिक्स नेपालले जनाएको छ कि ‘GT 20 Pro’ ले गेमिङलाई केवल समय बिताउने माध्यमको रूपमा नभई प्रतिस्पर्धात्मक स्पिरिट र डिजिटल क्षमताको अभ्यास गर्ने प्लेटफर्मको रूपमा चिनाउने लक्ष्य लिएको छ। कम्पनीले यसलाई मोबाइल गेमिङको नयाँ लेजेन्डको रूपमा विकास गर्ने योजना बनाएको छ।
इनफिनिक्स GT 20 Pro अब नेपालभरका इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ। नेपाली बजारमा यसले गेमर समुदायलाई फेरि एकपटक ऊर्जा दिनेसमेत अपेक्षा गरिएको छ।