गुणस्तरीय चलिचित्र निर्माण गर्न सक्यौं भने,विदेशी चले हाम्राे चलेनन् भन्ने दिन रहँदैन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसकेको अवस्थामा विदेशी भन्दा र स्वदेशी चलचित्र चल्ने उद्घोष गरेका छन् ।
शनिबार ८ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताए । मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उधोग त्यस तर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । उनले थप्दै भने,चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होईन। एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता,निर्देशक र कलाकारसहित समग्र मुलुकले फाईला लिन सक्छ। आसाको संचार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ।
उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उधोगीहरू अघिबढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए । उनले चलचित्रकर्मीहरू साँघुरो मानसिकता भन्दा माथि उठेर विश्वव्यापीकरणको रूपमा सोच राख्नु पर्ने बताए । स्वदेशमा लगानी गर्न आउने उधोगीहरूलाई सहज वातावरण गर्नु पर्ने बताए ।
चलचित्र र अरू वस्तुहरू अरूले उपयोग गर्ने भएकाले त्यसको सहकार्य विश्व जगतसँग गर्न सक्ने खुला सोच राख्नु पर्नेमा जोड दिए ।
अहिले नेपाली चलचित्र बाहिर खिच्नु पर्ने अभ्यास रहेकोर मुलुक प्राकृति क्षेत्रहरू रहेको छ। पर्टटन क्षेत्रमा उचाई बढ्ने छ। मन्त्री पाण्डे चलचित्रबाट देशभक्तिको गाधा उजागर गर्ने गरि राज्यले समेत सोच्नु पर्ने बताए । उनले निरासा र नकारात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलिचित्र क्षेत्र अघि बढ्नु पर्नेमा जोड दिए । राष्ट्रिय एकता,सहिष्णुता,धार्मिक एकतासहितको सन्देश समेत चलचित्रले दिने कुरामा चलचित्रले यथोचित सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिए ।