आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत ३ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ९० पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ ३८ पैसा रहेको छ ।
बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ५३ पैसा खरिददर १७९ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ३४ पैसा र खरिददर ९ रुपैयाँ ३८ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।