आवश्यकता र औचित्यपूर्ण आयोजनाहरुलाई प्राथमिकता दिने मंत्री दहालकों प्रतिबद्धता

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरु लाई प्राथमिकता दिने बताएका छन् ।
अंतरदेशिय पहुंच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाऊ र शहर जोड़ने तथा उत्पादन र बजारलाई जोड़ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनको भनाई छ ।
शुक्रवार नुवाकोटमा एकै दिन दूई ओटा मोटरेबल पुलकों उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न आग्रह गरे ।
निर्माण कार्यमा हुने ढीलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मंत्री दहालले तिनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताए ।
गल्छी–मैलूं–श्याफ्रूवेशी सड़क, पासांगल्यामू राजमार्ग, मध्य पहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जनाउदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए ।
अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघी बढ़ाउन गठन भएको जानाउदै उनले अहिलेको सरकारलाई काम नगर्न छूट नभएको समेत बताए । विकाशलाई समृद्धिसंग जोड़ेर लेजान जरूरी रहेको बताउनु भएका दहालले विकासकों प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड़ दिए ।
कार्यक्रममा मंत्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरुले जिल्लमा अधूरा रहेका योजनाहरुलाई गति दिन माग गरेका थिए ।
मंत्रालय मार्फत सिमचौर तथा त्रिशूली बजार स्थित त्रिशूली नदीमा निर्माण गरिएको पलकों मंत्री दहालले उद्घाटन गरेका थिए । निर्धारित समय अघिनै काम पूरा गरेको जानउदै निर्माण कंपनी लाई सम्मान पनि गरिएको थियो ।