एनटिसी सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस १७ गते नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन नेपाल दूरसञ्चार कम्पनी, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आज पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, बिरौटा कस्कीमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।