नबिल बैंकको लाभांश घोषणा
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।
Visited 1 times, 1 visit(s) today


