एसीयू एण्ड पीइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ ।बहुप्रतीक्षित एसीयू एण्ड पीइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । रोयल स्पोर्ट्स सेन्टर सानो गाउँ, ललितपुरमा सेप्टेम्बर ७ मा प्रतियोगिता सम्पन्न भएको हो । २ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म चलेको एक हप्ते प्रतियोगिताले नेपालको केही प्रख्यात शैक्षिक संस्थाबाट उत्कृष्ट टोलीहरूलाई एकत्रित गरेको थियो ।
प्रतियोगितामा जेभियर इन्टरनेशनल कलेज, ब्लु बर्डस् कलेज, ट्रिटन कलेज, ल्याण्डमार्क एकेडेमी, गोल्डेन गेट इन्टरनेशनल कलेज, रातो बंगला स्कूल र काञ्जीरोवा कलेज सहभागी थिए ।
कठीन र प्रतिस्पर्धात्मक खेलहरूपछि फाइनलहरू जेभियर इन्टरनेशनल कलेज र गोल्डेन गेट इन्टरनेशनल कलेजबीच खेलिएको थियो । रोमाञ्चक भिडन्तमा गोल्डेन गेट इन्टरनेशनल कलेज विजयी भएको छ । टुर्नामेन्टले खेलकुद, रणनीति र निर्णय क्षमता देखाउने अवसर प्रदान गरेको थियो । दुवै टोलीहरूले प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शनका लागि प्रशंसा प्राप्त गरे।
यो पहिलो टूर्नामेन्टलाई अष्ट्ररेलियन क्याथोलिक विश्वविद्यालय र पीईसी प्रोफेृस्नल एजुकेसन क्नसल्टेन्सी सह–प्रायोजन गरेका थिए । जसले नेपालमा युवा खेलकुदको विकासलाई मात्र नभई शैक्षिक उत्कृष्टता पनि प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता समेत देखाएको छ । यसले खेलकुदमा युवा महिलाहरूलाई प्रोत्साहित गर्न, स्वस्थ प्रतिस्पर्धात्मक भावना प्रवर्धन गर्न र शैक्षिक तथा अतिरिक्त गतिविधिहरूको सन्तुलनको महत्त्वलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।