इष्टर्न साहारा कम्पनीले सर्वसाधारणमा ३० करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा ३० करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता सेयर मूल्य १ सय रुपैयाँ दरका ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो।
कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने साधारण सेयरको लागि क्रेडिट रेटिङ्ग गर्नको निमित्त कियर रेटिङ्ग नेपालसँग द्विपक्षीय सम्झौता गरेको छ ।
वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड झापामा रहेको छ ।
कम्पनीले छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सीङ लाई प्रवद्धन गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।
बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित कम्पनी हो।
कम्पनीले पुँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सीङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।
Visited 1 times, 1 visit(s) today