स्थानीय तथा रैथाने जातको सम्बद्र्दन गर्दे उच्च उत्पादन आजको आवश्यकता : कृषि मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्बद्र्दन गर्दे उच्च उत्पादन दिने बिउ तथा प्रबिधिको आयात गरी उत्पादन बढाउनु पर्ने वताएका छन् ।
काठमाडौमा सूरु भएको अन्तराष्ट्रिय बीउ सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितीका कारण गुणस्तरीय बीउ बिजन उत्पानदका लागि नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्ने सकिने उल्लेख गर्दे मन्त्री अधिकारीले यसका लागि सरकारी ,सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ, उनले भने ।
मन्त्री अधिकारीले खाध तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व बृद्धि नै पहिलो सर्त भएपनि जलवायु परिवर्तन र खाध तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भैरहेको उल्लेख गरे । उनले कृषि क्षेत्रमा बदलिँदो परिस्थीतिको सामना गर्दे कृषि उत्पादनको वृदि मार्फत खाध तथा पोषण सुरक्षा सुनिश्चितताको लागि उन्नत जातका गुणस्तरीय बीउ बीजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए ।
बीउ बिजन क्षेत्रमा नेपालमा विधमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत नेपालको खाध सरुक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने अपेक्षा व्यक्त गरे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल कृषि अनुसन्धान परिषद ,नेपाल बीउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।