नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, चुक्ता पुँजी १८ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको त्रैमासमा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्ष यसैअवधिको तुलनामा १६.४४ प्रतिशतले ले थोरै हो । अघिल्लो वर्ष यसले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यता, असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५५२ रुपैयाँ ४३ पैसा रहेको छ ।
Visited 1 times, 1 visit(s) today