अघिल्लो जेनेरेसनका फोल्डेबलहरु ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को झन्डै दुई गुणा प्रि–अर्डर
काठमाडौं । सामसङ फोल्डेबल स्मार्टफोनको छैटौं जेनेरेसन ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ प्रि–अर्डरमा ग्राहकको आकर्षण रहेको सामसङ नेपालले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६का लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको छ ।
१५ साउनदेखि लागु हुने गरी प्रि–अर्डर घोषणा गरेकोमा सो समयअवधि सकिएको कम्पनीले जनाएको छ । ती फोल्डेबल स्मार्टफोनहरू बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले नयाँ छैटौं जेनेरेसनको फोल्डेबल स्मार्टफोनले ग्यालेक्सी एआईको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याउन र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवको दायरा दिन सक्षम भएको दाबी गरे
नयाँ फोल्डेबल ग्यालेक्सी जेड सिरिज अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोन भएको कम्पनीको दाबी छ ।
ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एलमुनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि रहेकोले यी स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ ग्यालेक्सीका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित रहेका छन् । जसले सीपीयु, जीपीयू र एनपीयू कार्यसम्पादनको संयोजन गर्दै प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको र सुधारिएको समग्र प्रदर्शनको साथमा परिष्कृत ग्राफिक्स प्रदान गर्दछ ।
ग्यालेक्सी जेड फोल्ड६ले एआई–सञ्चालित नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो जस्ता सुविधा र उपकरणहरू प्रदान गरी ठूलो स्क्रिनलाई अधिकतम बनाउन र उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।
मूल्य तालिका :
सि.नं. | डिभाइस | रंग | मूल्य (रु.) |
१ | ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी) | सिल्भर स्याडो, न्यभी | २४९,९९९ |
२ | ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी) | २३४,९९९ | |
३ | ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी) | सिल्भर स्याडो, ब्लु | १५४,९९९ |
४ | वाच ७ (४४एमएम ) | ग्रिन, सिल्भर | ४९,९९९ |
५ | वाच ७ (४०एमएम) | बेइज, ग्रिन | ४४,९९९ |
६ | बड्स३ | सिल्भर, व्हाइट | २२,९९९ |
प्रि–अर्डर अफर अहिले उपलब्ध नभए पनि ग्राहकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षका लागि १ पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्नेछन् ।
आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ ।
यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डाटा, ४९९ मिनेट कल, ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् ।
नयाँ ग्यालेक्सी जेड फोल्ड६ खरिद गर्न चाहने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधामार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।