सरकारले पाँच लाख भूमिहीनलाई लालपूर्जा दिने
![news_1432sgt4tu0 news_1432sgt4tu0](https://www.arthikpati.com/wp-content/uploads/2024/05/news_1432sgt4tu0-18-1024x585.png)
काठमाडौं । सरकारले पाँच लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भूमि आयोगमार्फत थप पाँच लाख परिवारलाई लालपूर्जा दिने घाेषणा गरेका हुन्।
यसकासाथै, सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको पनि अर्थमन्त्री पुनले बताए । उनका अनुसार मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गरिने भएकाे छ।
त्यस्तै,सरकारले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने पनि बजेटमा उल्लेख गरेकाे छ । अर्थमन्त्रीले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने पनि घोषणा गरेका छन् ।