सरकारले रक्सी र चुरोटमा बढायो कर, पेट्रोलियम पदार्थ र कोइलामा हरित कर थपियो
![smoking-wide-e73e9eed1c534f34b366e22c40b3871302fa4793-1496209973 smoking-wide-e73e9eed1c534f34b366e22c40b3871302fa4793-1496209973](https://www.arthikpati.com/wp-content/uploads/2024/05/smoking-wide-e73e9eed1c534f34b366e22c40b3871302fa4793-1496209973-1024x585.jpg)
काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ भने पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताए।
अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेको बताए ।
यस्तै कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको उनले बताए।