पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर
![Petrol Distribution Petrol Distribution](https://www.arthikpati.com/wp-content/uploads/2024/05/Petrol-Distribution-1-1024x585.jpg)
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।
‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।