कृषिमा लगानी दशक घोषणा, उत्पादनको आधारमा नगद अनुदान
![Budget Budget](https://www.arthikpati.com/wp-content/uploads/2024/05/Budget-1024x585.jpg)
काठमाडौं । सरकारले आगामी १० बर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।
सरकारले २०८१ देखि २०९१ सम्मलाई उक्त दशक घोषणा गर्ने योजना बनाएको हो । यसले कृषि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग पुग्ने बताईएको छ ।