स्टार्टप व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
![news_skmghqqurox news_skmghqqurox](https://www.arthikpati.com/wp-content/uploads/2024/05/news_skmghqqurox-2-1024x585.png)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष कम्तिमा १ हजार युवालाई स्टार्टप व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ ।
संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
नव प्रर्वधन र स्टार्टप राष्ट्रिय अभियान सञ्चालन गरिने र ३ वटै तहका सरकारका साथै, निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टप उद्योग नितीको कार्यन्वयन गरिने भएको छ ।