कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय
![thumb thumb](https://www.arthikpati.com/wp-content/uploads/2024/04/thumb-1024x585.jpeg)
काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ।