प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
![6ca7c264-2d1a-4d2d-a932-d63a0970210b 6ca7c264-2d1a-4d2d-a932-d63a0970210b](https://www.arthikpati.com/wp-content/uploads/2024/04/6ca7c264-2d1a-4d2d-a932-d63a0970210b-1024x590-4160x2400.jpeg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।