द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति
![Pj Club-April 7,2024 Pj Club-April 7,2024](https://www.arthikpati.com/wp-content/uploads/2024/04/Pj-Club-April-72024-1024x655-1024x585.jpg)
काठमाडौं । नेपालका फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। आइतबार चाबहिलस्थित हाजिपुर क्याफे एन्ड रेस्टुरेन्टमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि द्वारिका काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कविन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरूमा संजोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज वैजु र संजित परियार चयन भएका छन्।
निर्वाचित पदाधिकारीलाई आइतबार नै एक समारोहबीच निर्वाचन समितिका संयोजक एआइपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरञ्जन राजवंशी र संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाई तथा शुभकामना व्यक्त गरे।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य विकास कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो।