उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण
![Election_Commission Election_Commission](https://www.arthikpati.com/wp-content/uploads/2024/04/Election_Commission-1-1024x585.jpg)
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । मतदान वैशाख १५ गते हुँदैछ ।
इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बझाङमा हुने प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको आयोगले उल्लेख गरेको छ ।
बैशाख १५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।
पौडेलका अनुसार, मुलुकभर १० हजार ८९२ मतदान स्थल कायम भएका छन् ।