सिंगटी हाइड्रो इनर्जीको ४६ लाख ११ हजार कित्ता सेयर लिलामी बिक्री खुला
![Clipboard01 Clipboard01](https://www.arthikpati.com/wp-content/uploads/2024/03/Clipboard01-8-1024x683-1500x1000.jpg)
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज (चैत १२ गते) देखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
लिलामी सेयरमा आवेदन दिन पाउने स्थान
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_holfkqzexig.png)