मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न फेरि आयोग गठन
![8ac0ed97-3da0-4b8e-aaa4-60aa2d8f85b0 8ac0ed97-3da0-4b8e-aaa4-60aa2d8f85b0](https://www.arthikpati.com/wp-content/uploads/2024/03/8ac0ed97-3da0-4b8e-aaa4-60aa2d8f85b0-1024x728-1024x585.jpeg)
काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न फेरि नयाँ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माकाअनुसार आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् । यसअघि पनि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनले सम्बोधन गर्न नसकेको विषयलाई पनि समेट्ने गरी सरकारले नयाँ आयोग बनाएको जनाएको छ