सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबिच छुट सम्झौता
![medanta_ebdhFk46uU medanta_ebdhFk46uU](https://www.arthikpati.com/wp-content/uploads/2024/03/medanta_ebdhFk46uU-1024x1024-1024x585.webp)
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।