उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)
![Election_Commission Election_Commission](https://www.arthikpati.com/wp-content/uploads/2024/03/Election_Commission-1024x585.jpg)
काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।
प्रवक्ता पौडेलले बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएको पनि जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु
क्र.सं. राजनीतिक दलको नाम
१ मंगोल नेशनल अर्गनाइजेशन
२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
३ नेपाल मजदुर किसान पार्टी
४ राष्ट्रिय जनमुक्ति पार्टी
५ जनमत पार्टी
६ नेपाली काँग्रेस
७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१० नेपाली जनता दल
११ राष्ट्रिय स्वतन्त्र पार्टी
१२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३ राष्ट्रिय प्रजातन्त्र पार्टी
१४ जनता समाजवादी पार्टी, नेपाल
१५ बहुजन शक्ति पार्टी
१६ आम जनता पार्टी
१७ नेशनल रिपब्लिक नेपाल
१८ नेपाल समाजवादी पार्टी
१९ राष्ट्रिय मातृभूमि पार्टी
२० राष्ट्रिय मुक्ति आन्दोलन नेपाल