मिस वर्ल्डको फिनाले नेपालमा डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने
![miss-world-dishhome miss-world-dishhome](https://www.arthikpati.com/wp-content/uploads/2024/03/miss-world-dishhome-1024x585.jpg)
काठमाडौं । मिस वर्ल्डको ७१ औं संस्करणको फिनालेको प्रत्यक्ष प्रसारण नेपालमा डिसहोमले गर्ने भएको छ । गत १८ माघदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको मिस वर्ल्डको फिनाले आगामी शनिबार साँझ पौने आठ बजे मुम्बईमा हुनेछ ।
यस वर्षको मिस वर्ल्डमा नेपालबाट मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गरिरहेकी छन् ।
यसपटक नेपाल ‘हेट टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ र ‘ब्युटी विथ अ पर्पस’ विधाको उत्कृष्ट १० मा छनोट भएको छ ।