शिवरात्रीमा पशुपति जादै हुनुहुन्छ, यस्तो छ वैकल्पिक रुट
![Shiva_Route_204709 Shiva_Route_204709](https://www.arthikpati.com/wp-content/uploads/2024/03/Shiva_Route_204709-1024x624.jpeg)
काठमाडौं । महाशिवरात्रिका लागि पुशपति क्षेत्रमा यातायातको व्यवस्थापनका लागि सवारी रुट तयार भएको छ । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिने भएको हो ।
महाशिवरात्रिका लागि पुशपति क्षेत्रमा प्रवेश गर्ने मार्गहरु चाबहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने सूचनामा उल्लेख छ ।