नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आव्हान
![NIMB-Logo NIMB-Logo](https://www.arthikpati.com/wp-content/uploads/2024/02/NIMB-Logo-1-1024x662-1024x585.webp)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ ।
सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_y2qjkv1545u.jpg)