राप्ती हाईड्रो र दोर्दी खोलालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति
![Right Share Right Share](https://www.arthikpati.com/wp-content/uploads/2024/02/Right-Share-3-1024x585.jpg)
काठमाडौं । विद्युत नियमन आयोगले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको छ।
आयोगले यी दुबै कम्पनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।
राप्ती हाईड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ भने दोर्दी खोलाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।