बैद्य इनर्जीले पोखरामा सञ्चालनमा ल्यायो एथर स्कुटरको नयाँ शोरुम,पोखरा डिलर बन्यो अटोवेज
काठमाडौं । एथरको नयाँ शोरुम पोखरामा सञ्चालनमा आएको छ । बैघ अर्गनाइजेसनले पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि लाई पोखरामा डिलरको रुपमा नियुक्त गर्दै नयाँ शोरुमपनि स्थापना गरेको हो । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो ।
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुरपछि पोखरामा बिक्रि सुरु गरेको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको छ ।
विशेष गरी, आटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि विगत बिस वर्ष भन्दा अगाडीदेखि पोखरामा सेवा दिइराखेको छ । अहिले सोहि कम्पनीले पोखरामा एथरको डिलर पाएको हो ।
‘पोखरामा पहिलो डिलरसंगै सेर्विस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन् । जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। ‘थप दुई चार्जरहरू शीघ्रै लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिनेछ । हामी आटोवेज प्रालिसंग सहकार्य गरि एथर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं’ वैद्य एनर्जीको सीईओ सुर्यंश वैद्यले भने ।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।