जसपाको मिथिला नगर समिति पुनर्गठन
 
                                                                    
                                                                जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मिथिला नगर  समिति पुनर्गठन भएको छ । धनुषाको मिथिला नगरमा भएको भेलाले रामनाथ महतोको अध्यक्षता २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिका उपाध्यक्षमा दुखनी देवी महतो, रामलाल महतो सचिवमा बच्चेलाल यादव र कोषाध्यक्षमा मनमाया तामाङ चयन भएका छन ।
कार्यक्रममा केन्द्रीय राजनीतिक समिती सदस्य महाजन यादवको प्रमुख आतिथ्यता रहेको थियो भने भेलामा राजनितीक समिति सदस्य उर्मिला साह, केन्द्रीय सदस्य प्रमिला सिंहलगायतको उपस्थिती रहेको थियो ।     

 
                                                                     
                                                                    