कृषि विकास बैंकले लाभांश नदिने
![ADBL_krisi bikash bank ADBL_krisi bikash bank](https://www.arthikpati.com/wp-content/uploads/2024/02/ADBL_krisi-bikash-bank-1024x585.jpg)
काठमाडौं । कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ ।