शेखर, सुष्मा र अस्मिता फिचर्ड ‘मायाको झल्को’ सार्वजनिक ( भिडियो )
 
                                                                    
                                                                काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने  संगीत गणेश गुरुङको  रहेको छ। गीतलाई स्वयम् गायक मगरले  संयोजन गरेका हुन्।
मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको  अभिनय रहेको छ। भिडियोमा बिजय लामाले छायाँकन रहेको छ। अमृत चापागाईले  सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको  कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो  ‘अविनास थापा मगर’  च्यानल मार्फत सार्वजनिक भएको हो। 

 
                                                                     
                                                                    