ठोस प्रमाण र आधार बिना अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशनद्वारा भत्सना
![Image 2 (1) Image 2 (1)](https://www.arthikpati.com/wp-content/uploads/2024/02/Image-2-1-1024x768-1280x960.jpg)
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानाका अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार बिना नै नेपाल प्रहरीले छानबिनका नाममा पक्राउ गरेको भन्दै त्यस कार्यको भत्सना गरेको छ।
एशोसिएशन एक विज्ञप्ति जारी गर्दै यस विषयकमा गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गरेको छ ।
‘पहिले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ। ” नाडाले भनेको छ।