रानीजमरा सिँचाइ आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
![rani-jamara-kulariya-1706680397 rani-jamara-kulariya-1706680397](https://www.arthikpati.com/wp-content/uploads/2024/02/rani-jamara-kulariya-1706680397-1024x462-1024x585.jpg)
काठमाडौं । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
बिजुली मंगलबार (माघ १६ गते) देखि प्रणालीमा जोडिएको सिनियर डिभिजनल इन्जिनियर वीर सिंह धामीले बताए।
उक्त आयोजनाबाट वार्षिक करिब ४२ गिगावाट आवर बिजुली उत्पादन हुने अनुमान छ।
बाह्रै महिना एकनाशले बिजुली उत्पादन हुने धामीको भनाइ छ।
महेन्द्रनगर कञ्चनपुरदेखि लमही दाङसम्म पश्चिम तराईमा एक मात्र विद्युत आयोजना भएकाले यसको सक्दो व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
आयोजनाबाट उत्पादित बिजुली लम्की सबस्टेसनमा जोडिनेछ।
सरकारले आर्थिक वर्ष २०६६–६७ बाट आधुनिकरूपमा रानीजमरामा नहर निर्माण सुरू गरेको थियो।
कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ यो आयोजना निर्माण थालिएको थियो।
नहरबाट गत वैशाखदेखि पानी पठाउन थालिएको छ। हाल करिब १५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ।