रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
![Last Day Last Day](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Last-Day-4-1024x599-1024x585.jpg)
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । गत वर्षको नाफाबाट यस इन्सुरेन्सले १६% बोनस सेयर र कर तिर्न ०.८४% नगद गरी कुल १६.८४% लाभांश वितरण गर्दैछ ।
रिलायबल नेपाल लाइफले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।