एथरको पहिलो कम्यूनिटी राइड सम्पन्न, २० जनाभन्दा धेरैको सहभागीता
काठमाडौं । एथर इलेट्रक स्कुटरको पहिलो कम्यूनिटी राइड सम्पन्न गरेको छ । एथर स्कुटर नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले काठमाडौंको तीनकुनेमा गत शनीबार पहिलो सर्भिस सेन्टर संचालनमा ल्याउनुको साथै शनिबार राइड सम्पन्न गरेको हो ।
उक्त राइडमा एथरका ग्राहकसहित कम्पनीका प्रतिनिधि तथा प्रत्रकारहरू गरी २० जनाभन्दा धेरैको सहभागीता थियो ।
काठमाडौंको तीनकुनेस्थित एथरको सर्भिस सेन्टरबाट सुरू भएको राइड भक्तपुर दरवार स्क्वायर हुँदै धुलिखेल पुगेर विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो ।
हरेका खेलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै कम्पनीका निर्देशक सूर्यांश वैद्यले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
उनले यस्तो खालको राइडले ग्राहकका समस्याहरू कम्पनीसम्म आइपुग्नुका साथै ग्राहक र कम्पनी बीचको सम्बन्ध सुमधुर हुने बताए । ‘हामीले स्कुटर बेच्ने मात्र नभएर बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरेका हौं, आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने छौं,’ उनले भने ।
कम्पनीले येही माघ ६ गते शनिबारबाट झम्सीखेलमा नयाँ शोरुम संचालनमा ल्याउने भएको छ ।