टेस्लालाई उछिन्दै चीनको बीवाईडी बन्यो विश्वमा सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने कम्पनी
![people_watching_BYD_car_qnj9EhedDc people_watching_BYD_car_qnj9EhedDc](https://www.arthikpati.com/wp-content/uploads/2024/01/people_watching_BYD_car_qnj9EhedDc-1024x585.webp)
अमेरिकी अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेको समेत लगानी रहेको चिनियाँ अटो निर्माता बीवाईडीले बिक्रीको आधारमा एलोन मस्कको टेस्लालाई उछिनेको छ ।
वीवाईडीको विक्रीले विद्युतिय वाहनको क्षेत्रमा चीनको प्रभुत्वलाई संकेत गर्छ ।
शेन्जेनमा मुख्यालय रहेको बीवाईडीले यो वर्षको पहिलो ६ महिनामा ६,४१,००० सवारी साधनहरू बिक्री गर्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०० प्रतिशतले बढि हो ।
टेस्लाले यो अवधिमा ५,४६,००० सवारी साधन मात्र बेच्न सक्यो । कम्पनीले आफ्नो विक्री खस्कनुमा विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको समस्या र चीनमा रहेका निर्माणस्थलमा कोभिडका कारण निर्माण प्रभावित हुनुलाई दोष देखाएको छ ।
बीवाईडीका धेरै मोडेलहरू प्लग–इन हाइब्रिड सवारी साधनहरू हुन् । तिनमा लामो यात्राको लागि परम्परागत इन्जिनको अतिरिक्त ठूलो ब्याट्री प्रयोग गरिएको हुन्छ । तथापि चीनको बिक्री नियमहरू अन्तर्गत तिनलाई पनि ‘शून्य उत्सर्जन’ सवारी साधनहरूको रूपमा गणना गरिन्छ ।
बिवाइडीले विद्युतीय वाहन मात्र बनाउदै विद्युतीय कारमा प्रयोग हुने ब्याटरी पनि बताउँछ । यो वर्ष उसले दक्षिण कोरियाको एलजीलाई उछिनेर विश्वको दोस्रो ठूलो विद्युतीय वाहनको ब्याट्री निर्माता बनेको छ ।
बीवाईडीअघि चीनकै चीनाज कन्टेम्परोररी एमपेरेक्स टेक्नोलोजी अगाडि छ ।
विश्लेषकहरूले चीनको घरेलु अटो उद्योगको वृद्धिलाई विश्वव्यापी अटो बजारमा आईरहेको परिवर्तनका सम्बाहकका रूपमा हेर्छन् । किनभने चिनियाँ ईभी निर्माताहरुले विस्तारै निर्यात बजारमा आफ्नो ध्यान केन्द्रीत गर्न थालेका छन् ।
गत वर्ष विश्वको सबैभन्दा ठूलो कार बजार चीनले आधा मिलियनभन्दा बढी विद्युतीय सवारीसाधन निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको सङ्ख्याभन्दा दोब्बर हो । यद्यपि युरोपमा चीनको निर्यातको करिब एक तिहाइ चिनियाँ स्वामित्वमा रहेका युरोपेली ब्रान्डहरू भोल्भो कार र एमजी मोटरहरू थिए । जम्मा २ प्रतिशत कार। मात्र चिनियाँ ब्रान्डहरू थिए । लगभग आधा टेस्लाका गाडी थिए भने बाँकी १४ प्रतिशत चीनमा युरोपेली संयुक्त उद्यमबाट बनेका कार थिए।
तर केही समयपछि बीवाईडीजस्ता चिनियाँ कम्पनीले विदेशी अटोमेकरहरूलाई उनीहरूको गृह मैदानमा, विशेष गरी अमेरिकामा चुनौती दिने अपेक्षा गर्न थालिएको छ ।
स्रोत : फाईनान्सियल टाइम्स