अपि पावरको हकप्रद बाँडफाँट, असोज १७ गतेबाट ११ लाख ९४ हजार कित्ता सेयर लिलामी खुल्ने
कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ शेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता शेयर बाँडफाँट गरिएको हो।
बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत शेयरधनीहरको खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।
सो अवधिमा आवेदनमा नपरेको शेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ।




