इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा उपहार जित्न सकिने, बम्परमा ३५० सीसीको मोटरसाइकल
काठमाडौं । इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो ।
भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिन्छ ।
उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।
दैनिक पुरस्कारहरू
दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।
सि .न. | पुरस्कार | कारोवार | विजेताहरूको संख्या |
१ | १% वा रु ७५ सम्मको Promocode | लिङ्क गरिएको बैंक खाता मार्फत एयरलाइन्स्को टिकट काट्दा | सबैजनालाई |
२ | १००% क्यासब्याक (Cashback) रु १००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत नमस्ते मोबाईलको पोष्टपेड तथा प्रिपेड मोबाईलको रिचार्ज गर्दा | हरेक दिन एकजनालाई |
३ | इसेवा केयरको सुविधा (दुईलाख रूपैयाँसम्मको इन्स्योरेन्स् ) | लिङ्क गरिएको बैंक खाता मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण | हरेक दिन एकजनालाई |
४ | १००% क्यासब्याक (Cashback) रु १००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत नेपाल टेलिकमको फाइबर नेटको भुक्तानी गर्दा | हरेक दिन एकजनालाई |
५ | १००% क्यासब्याक (Cashback) रु ५०० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत एन्टिभाइरस खरिद गर्दा | हरेक दिन एकजनालाई |
साप्ताहिक पुरस्कारहरूः
सि .न. | पुरस्कार | कारोवार | विजेताहरूको संख्या |
६ | स्मार्ट फोन | लिङ्क गरिएको बैंक खाता मार्फत बैंक एकाउन्टबाट रकम लोड गर्दा | हरेक हप्ता १ जनालाई |
७ | इनडक्सन चुलो | बैंक लिंक एकाउन्टबाट बिजुलीको महशुल भुक्तानी | हरेक हप्ता १ जनालाई |
८ | १००% क्यासब्याक (Cashback) | लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक हवाइ टिकटको खरिदमा | हरेक हप्ता १ जनालाई |
९ | होटल बुकिङ निशुल्क | लिङ्क गरिएको बैंक खाता मार्फत होटल बुकिङ गर्दा | हरेक हप्ता एकजोडीलाई |
१० | १००% क्यासब्याक (Cashback) रु ५००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत क्यूआर भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
११ | १००% क्यासब्याक (Cashback) रु ५००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत स्कुल कलेजको शुल्क भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
१२ | वाटर डिस्पेन्सर | लिङ्क गरिएको बैंक खाता मार्फत खानेपानीको महशुल भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।
उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ।
नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५ प्रतिशत रकमको विन्ड फल गेन कर लगाइनेछ।
मासिक पुरस्कारहरू
सि .न. | पुरस्कार | कारोवार | विजेताहरूको संख्या |
१३ | १००% क्यासब्याक (Cashback) रु १०,००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक राजस्व विभागको कर भुक्तानी गर्दा | १ जनालाई |
१४ | रु १००,००० सम्मको सपिङ भौचर | लिङ्क गरिएको बैंक खाता मार्फत बैंक ट्रान्स्फर गर्दा अथवा माईक्रो फाइनान्स्को शुल्क भुक्तानी गर्दा | १ जनालाई |
१५ | १००% क्यासब्याक (Cashback) रु २०,००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत TMS Collateral लोड तथा बिल भुक्तानी गर्दा | १ जनालाई |
१६ | १००% क्यासब्याक (Cashback) रु १०,००० सम्म | लिङ्क गरिएको बैंक खाता मार्फत क्रेडिट कार्ड भुक्तानी गर्दा | १ जनालाई |
१७ | टि भी | लिङ्क गरिएको बैंक खाता मार्फत इन्टरनेटको महसुल तिर्दा | १ जनालाई |
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।