भृकुटीमण्डपका टहरामा काठमाडौं महानगरपालिकाले डाेजर चलायाे
![_DSC9826 _DSC9826](https://www.arthikpati.com/wp-content/uploads/2023/09/DSC9826-1024x641-1600x1000.jpg)
काठमाडौँ । भृकुटीमण्डपका टहरामा काठमाडौं महानगरपालिकाले डाेजर चलाएकाे छ। अनधिकृत रूपमा बनाइएकाे भन्दै ४ वटा टहरा महानगरले भत्काएकाे हाे ।
अनुमति नलिइ टहरा बनाएपछि महानगरले टहरमाथि डोजर चलाएको हाे । भृकुटी मण्डपमा शौचालयका लागि मात्र महानगरले अनुमति दिएकाे थियाे । तर पटक–पटक टहरा हटाउन सूचना गरेपनि अटेर गरेर साेहि ठाउँमा नै टहरा बनाइएकाे थियाे ।
ती टहराहरुमा व्यापार गरिएकाे थियाे। जसकारण महानगरपालिकाले डोजर चलाएर ती टहरा भत्काएकाे हाे ।