प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त
![sanjeevmanandhar_20230802123242 sanjeevmanandhar_20230802123242](https://www.arthikpati.com/wp-content/uploads/2023/08/sanjeevmanandhar_20230802123242-1024x585.jpg)
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकको महाप्रबन्धक रहेका मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।
बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको थियो । उनको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलालाई बुधबार बसेको बैंक सञ्चालक सिमितको बैठकले कामु सीईओमा नियुक्त गरेको हो ।