नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको द्धिपक्षीय व्यापार बैठक सम्पन्न
काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ । सो अवसरमा इटालीका महामहिम राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए ।
एन.आई.सी.सी.आईका अध्यक्ष सञ्जय अग्रवालले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने बताए ।
इटालीका लागि नेपालका महावाणिज्य दुत प्रतिमा राणा पाण्डेले एन.आई.सी.सी.आई.का अध्यक्ष संजय अग्रवाललाइ बधाई ज्ञापन गरे । का साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरे । इटालीका राजदूत भिन्सेन्जो डे लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडी बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजार प्रवद्र्धन गर्ने साथै इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल-इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिए ।
सन् २०१४ मा हिक्मत बी मालीको नेतृत्वमा स्थापना भएको एनआईसीसिआई इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकास गर्न समर्पित छ ।


