सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ सम्पन्न
काठमाडौँ । “बिट द प्लाष्टिक”भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८० साल जेठ २२ गते सोमबारको दिन शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
‘द रिभोलुसन’ प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
हाल, सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकहरू रहेका छन् ।


