व्यक्ति हैन कानून सक्रिय बनाउनु पर्छ : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा व्यक्ति हैन कानूनलाई सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेको विषयमा आफ्नो धारणा राख्दै उनले उक्त टिप्पणी गरेका हुन् ।
मुलुकमा कानुनी राज्यको प्रत्याभूति छैन । वास्तविक कानुन नेपालमा निश्क्रिय छ । कानूनलाई कोमामा राखेर यदाकदा देखिने अमूक व्यक्तिको प्रतिशोधपूर्ण सक्रियतालाई कानून मान्नुपरेको छ, बस्नेतले भने ।
सरकारले एकाध घटना उछालेर जनतालाई भ्रमित पार्ने होइन । जनताले योग्यता पुगेका वहालवाला सरकार प्रमुखलाई समेत कठालो समातेर जेलमा कोच्न सक्ने कानुनी शासन खोजेका छन् ; सार्वजनिक खपत र सस्तो लोकप्रियताको सिको गर्ने शासक हैन, बस्नेतले भने ।


